Incident Reports

पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की

2017-05-25

Narendra Singh Karki नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । सिप्टीमा घरदैलो अभियान गरिरहेको अवस्थामा राति रमेश ठगुन्नाको घरमा एमाले उम्मेदवार धामीलाई आरोपितले ज्यान मार्ने उद्धेश्यले खोजी गरेको भएपनि पीडित धामी सो घरमा नबसेर अन्तै बास बसेपछि जोगिएको उनले बताए । अध्यक्ष पदका उम्मेदवार धामीलाई ज्यान मार्ने योजना अन्तर्गत आरोपित हातहतियार सहित घुमेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उम्मेदवारको असुरक्षा बढेको भन्दै निवेदनसमेत दिएका छन् । अपराधिक मानसिकता भएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएको भन्दै कारबाहीको माग सहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको घर्तीले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले आरोपितलाई नियन्त्रणमा लिएर सिप्टीमै छलफल गराइने बताए । राजनीतिक विषयको मुद्दा भएको कारण पहिलो चरणमा छलफलबाट समाधान खोजिने खनालको भनाइ छ । नरेन्द्रसिंह कार्की
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports