Incident Reports

Torch rally in Birgunj in protest of election

2017-05-27

Madhes, Parsa, Birgunj

Rastriya Janata Party Nepal (RJP-N) organizing a press meet on Friday made their protest program public. On Saturday afternoon, the first day of agitation they took out a torch rally in Birgunj, Parsa district headquarter. The rally starting from Ghanta Ghar after making around Maisthan, Adarsha Nagar ended in a corner meeting returning to Ghanta Ghar. Addressing the meeting; RJP-N leaders shared about their compulsion to agitate for government holding election forcefully without addressing their needs. According to their protest program schedule, they scheduled baton rally on 28, Interaction and Election Office picketing on 29 and Madhesh Strike on 1st and 2nd June. राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको पहिलो दिन राजपाले पर्साको सदरमुकाम वीरगञ्जमा शनिवार दिउँसो मशाल जुलुस निकालेको छ । घण्टाघरबाट शुरु भएको मसाल जुलुस माइस्थान, आदर्शनगर पुगेर पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् । जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने विगतमा सरकारस“ग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको राजपाका नेता नेजामुद्धिन समानीले बताए । राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते मधेश बन्द रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments