Incident Reports

निर्वाचनको विरोधमा वीरगञ्जमा दिउँसै निस्कियो मशाल जुलुस

2017-05-27

Madhes, Parsa, Birgunj

राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको पहिलो दिन राजपाले पर्साको सदरमुकाम वीरगञ्जमा शनिवार दिउँसो मशाल जुलुस निकालेको छ । घण्टाघरबाट शुरु भएको मसाल जुलुस माइस्थान, आदर्शनगर पुगेर पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् । जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने विगतमा सरकारस“ग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको राजपाका नेता नेजामुद्धिन समानीले बताए । राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते मधेश बन्द रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports