Incident Reports

नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते

2017-05-25

Lumbini, Dang, Ghorahi, Ward 5

N Sagar चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् । जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने स्थानमा चार/पाँच जनाको समूहले रड प्रहार गरी पीडित बुढाथोकीको गोडा भाँचिदिएको प्रहरीले जनाएको छ । घाइते बुढाथोकीको प्राथमिक उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा गरेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । चुनावी सभा गरेर फर्कँदै गरेको अवस्थामा ‘काम छ’ भनेर स्थानीय होटेलमा बोलाएर पेस्तोल ताकेपछि भाग्नेक्रममा चार/पाँच जनाको समूहमा आएका नेविसङ्घका कार्यकर्ताले रड प्रहार गरेको पीडितले बताए । बुढाथोकीको दाहिने गोडाको घुँडादेखि माथि भाँचिएको छ । राति ९ः३० बजेको समयमा उक्त घटना भएकाले आक्रमण गर्नेहरूलाई चिन्न नसकिए पनि ‘काम छ’ भनेर बोलाउने नेविसङ्घ दाङका जिल्ला सदस्य मेखबहादुर चौधरी र स्थानीय कमल वली (टाइगर) रहेको पीडितले बताए । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घाइते भएका उम्मेदवार बुढाथोकीको उद्धार गरी अस्पताल पुर्‍याएको डिएसपी भुवनेश्वर तिवारीले बताए । आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेकपा एमाले दाङले विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । बुढाथोकी घोराही उपमहानगरपालिका-५ का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports