Rashtriya Janata Party cadres have picketed election office on Tuesday against the 2nd phase of the election. Police have arrested 2 dozens of protesters who tried to padlock the office. The arrested are identified as Ajaya Gupta, Anil Singh, Arun Singh, Rameswor Raya Yadav, Shek Jamsed, Rajkumar Das, Gita Kushahawa and other cadres.
दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई घेराउ गरी प्रदर्शन गरिरहेका २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अजय गुप्ता, अनिल सिंह, अरुण सिंह, रामेश्वर राय यादव, शेख जमसेद, राजकुमार दास र गीता कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार नै तराई मधेशका जिल्लाहरुमा राजपाले मंगलबार निर्वाचन कार्यालय घेराउ गरेको जनाएको छ ।
रौतहट, बारा, सर्लाही लगायतका जिल्लाहरुमा राजपाले प्रदर्शन गरेको छ भने महोत्तरीका विभिन्न गाँउपालिकाहरुमा समेत राजपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन ।