Incident Reports

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

2017-05-30

Madhes, Rautahat, Chandrapur

दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई घेराउ गरी प्रदर्शन गरिरहेका २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अजय गुप्ता, अनिल सिंह, अरुण सिंह, रामेश्वर राय यादव, शेख जमसेद, राजकुमार दास र गीता कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । केन्द्रीय कार्यक्रम अनुसार नै तराई मधेशका जिल्लाहरुमा राजपाले मंगलबार निर्वाचन कार्यालय घेराउ गरेको जनाएको छ । रौतहट, बारा, सर्लाही लगायतका जिल्लाहरुमा राजपाले प्रदर्शन गरेको छ भने महोत्तरीका विभिन्न गाँउपालिकाहरुमा समेत राजपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Sarlahi

0 Comments

Related Reports