Incident Reports

राजविराजमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

2017-05-30

Madhes, Saptari, Rajbiraj

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न लगएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्तालाई प्रहरीले रोकेको छ । प्रहरीले तालाबन्दीमा अबरोध गरेपछि झडप भएको छ । झडपमा राजपा कार्यकर्ता सतिशकुमार सिंह घाइते भएका छन् । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । ठूलो संख्यामा उपस्थित भएका प्रहरीले राजपा कार्यकर्तालाई तालाबन्दी गर्न दिएको छैन । तर, आन्दोलनकारीले जसरी पनि तालाबन्दी गर्ने भन्दै अड्डी कसेर बसेका छन् । राजपासमेत रहेको संघीय गठबन्धनको केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका स्थानीय निकायमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने थियो । आन्दोलनमा पहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेको संघीय समाजवादी फोरम भने सहभागी छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Rautahat , Local Newspaper - Siraha

0 Comments

Related Reports