Incident Reports

चुनाव विथोल्न खोजेको आरोपमा विप्लब माओवादीका १३ जना पक्राउ

2017-05-30

Lumbini, Bardiya, Gulariya

नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको माओवादीका नेता तथा कार्यकर्तालाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ । २८ दिनअघि भएको पहिलो चरणको चुनाव बिथोल्ने प्रयास गरेको आरोपमा उद्योग वाणिज्य संघ गुलरियाबाट जिल्ला ईन्चार्ज देवकला अधिकारीसहित १३ जना जिल्ला कार्य समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको थियो । जिल्ला प्रशासन कार्यालयले तारेखमा छाडेपछि प्रहरीले कार्यालय हाताबाट उनीहरुलाई पुन: पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले तारेखमा छाडेपछि कार्यालय हाताबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले आफूहरुले कुनै अपराध नगरेको तर प्रहरी प्रशासनले पुन: झुठो मुद्दा लगाई पक्राउ गरेको भन्दै आपत्ती जनाएका छन् । चुनावसम्म उनीहरुलाई हिरासतमा राख्ने प्रहरी स्रोतले बतायो । प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले १३ जनालाई पुन: पक्राउ गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 13
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports