Incident Reports

नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट

2017-05-29

Karnali, Surkhet, Lekbeshi, Ward 1

नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको मनोनयनमा आफ्नो नाम नपारेको आरोप लगाउँदै वीरेन्द्रनगर नपा-९ का ४० वर्षीय एमाले कार्यकर्ता वीरबहादुर रावतसहितका व्यक्तिले जेठ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । एमालेका लेकवेशी नगर सङ्गठन कमिटीका अध्यक्ष गगनसिं सुनारले जेठ १६ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा छलफलबाट समस्याको समाधान गर्नुपर्नेमा आक्रमण गर्नु दुखद भएको र दोषीले आत्मालोचना गर्नुपर्ने उल्लेख गरिएको छ । पीडित पौडेलको टाउको र ढाडमा चोट लागेका कारण देउती नर्सिङ्ग होम वीरेन्द्रनगरमा उपचार भएको पीडितले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports