Incident Reports

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

2017-05-29

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 12

Sunita Magar रुपाकोट मझुवागढी नपा-१२ जालपाको ज्योति माविमा जेठ १५ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको छ । मध्यरातमा भएको आगजनीबाट विद्यालयको नौ ओटा कक्षा कोठा, कार्यालय, कागजपत्र, पुस्तकालय, फर्निचरलगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको प्रधानाध्यापक टिकाबहादुर श्रेष्ठले बताए । जिल्लाको नमूना मानिएको विद्यालयमा आगजनी हुँदा २ करोड ५० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । विद्यालयमा गरिएको आगजनीको कारण भने अहिलेसम्म खुल्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले जानकारी दिए । आगजनी भएको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट डिएसपी नविनकिशोर प्रधानको टोली घटनास्थल पुगेको छ । घटनाको प्रकृति हेर्दा ठूलै समूहले पेट्रोल छर्केर आगजनी गरेको हुन सक्ने अनुमान गरिएको घटनास्थल पुगेका जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले बताए । सुनिता मगर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments

Related Reports