Incident Reports

राजपाका कार्यकर्ताद्वारा निर्वाचन कार्यालय घेराउ

2017-05-30

Province 1, Morang, Biratnagar

राष्ट्रिय जनता पार्टी मोरङका कार्यकर्ताहरूले पार्टीले उठाएको माग पुरा गराउन दबाव स्वरुप जेठ १६ गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा एक घण्टा धर्ना दिएका छन् । आन्दोलनको घोषित पछिल्लो कार्यक्रम अनुसार राजपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय निर्वाचन कार्यालय अगाडि बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिँदै घेराउ गरेका हुन् । संविधान संशोधन र सिमाङ्कनका विषयमा आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र ठूला तीन दल उदासिन रहेकाले घोषित आन्दोलनको तालिका अनुसार प्रदर्शन गरिएको राजपा मोरङका संयोजक मोहम्मद कादिरले बताए । सोही क्रममा उनीहरूले कार्यालयको मूलद्वारमा तालाबन्दी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports