Incident Reports

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

2017-05-30

Province 1, Khotang, Halesi Tuwachung, Ward 7

खोटाङमा स्याउला र घाँस काट्न गएकी महिलाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। जंगलमा स्याउला र घाँस काट्न गएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको मंगलबार साँझ हत्या भएको हो। स्याउला काटेर फर्कँदै गरेको बेलामा बिकको हलेसी–दिक्तेल सडकको घुम्तीबाट ईलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या गरिएको भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए। नचिनिएका व्यक्तीको खुकुरी प्रहारबाट बिकको घट्नास्थलमै मृत्यु भएको थियो। उनको हत्यापछि कानमा लगाएको रिङ, फुली, सौभाग्य लगायतका गरहगना लुटेको पाइएको छ। ‘जंगलबाट घाँस÷स्याउला काटेर घर फर्कँदै गरेको अवस्थामा बिकको हत्या भएको छ,’ डिएसपी प्रधानले भने, ‘घट्नास्थल प्रकृति मुचुल्का, लाश जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइसकेका छौँ।’ शरीरमा भएको गरगहना लुट्नकै लागि बिकको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । महिलाको हत्या भएको घट्नाको विषयलाई लिएर प्रहरीले शंकित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । हत्यामा संलग्न दोषीलाई पत्ता लगाउनका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेको छ। रिताको शवसँगै डोकोमा आधा भारी स्याउला भेटिएको स्थानीय डिल्ली चामलीङले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Morang

0 Comments

Related Reports