Incident Reports

घूससहित दुई पक्राउ

2017-06-07

Lumbini, Banke, Nepalgunj

मालपोत कार्यालय बाँकेका खरिदारसहित एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार नरबहादुर सारूमगर र लेखापढी व्यवसायी सर्जु थापा छन् । कोहलपुरबाट खटिएको अख्तियारको टोलीले सोमबार राति साढे ९ बजे नेपालगन्जको एक रेस्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी निराजन शर्माका अनुसार काँरकादोस्थित जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर मागेको घूसको रकम बुझ्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis