Incident Reports

NagarikNews: Employee at Land Reform Office arrested with bribe money

2017-06-07

Lumbini, Banke, Nepalgunj

Commission for Investigation of Abuse of Authority (CIAA) arrested Shailendra Kumar Karna, a non-gazetted employee at Land Reform Office on Wednesday with bribe money of Rs 20,000. अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले २० हजार घुससहित भूमिसुधार कार्यालयका सुब्बालाई पक्राउ गरेको छ । भूमि सुधार कार्यालय नेपालगन्जका नायव सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउँसो साँढे १ बजेतिर २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै नायव सुब्बा कर्णलाई पक्राउ गरिएको अख्तियार अनुसन्धान कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा कार्यालय परिसरबाटै उनी रंगेहात पक्राउ परेको उनले भने । नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारको भनाई छ । दुई दिन अघि मात्र मालपोत कार्यालयका दुईजना कर्मचारीहरुलाई चार लाख ९८ हजार घुस रकम सहित पक्राउ गरिएको थियो ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis