Incident Reports

२० हजार घुससहित भूमिसुधारका सुब्बा पक्राउ

2017-06-07

Lumbini, Banke, Nepalgunj

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले २० हजार घुससहित भूमिसुधार कार्यालयका सुब्बालाई पक्राउ गरेको छ । भूमि सुधार कार्यालय नेपालगन्जका नायव सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउँसो साँढे १ बजेतिर २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै नायव सुब्बा कर्णलाई पक्राउ गरिएको अख्तियार अनुसन्धान कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा कार्यालय परिसरबाटै उनी रंगेहात पक्राउ परेको उनले भने । नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारको भनाई छ । दुई दिन अघि मात्र मालपोत कार्यालयका दुईजना कर्मचारीहरुलाई चार लाख ९८ हजार घुस रकम सहित पक्राउ गरिएको थियो ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis