Incident Reports

पर्साका जिशिअ र इन्जिनियर घूस लिएको आरोपमा पक्राउ

2017-05-25

Madhes, Parsa, Birgunj

जिल्ला शिक्षा कार्यालय, पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी इन्जिनियर नवलकिशोर देवलाई घूसको रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग रु ७० हजार घूस लिएको आरोपमा दुवैजनालाई आयोगको टोलीले पक्राउ गरेको हो । जिल्ला शिक्षा अधिकारीबाट रु ५० हजार तथा इन्जिनियर नवलकिशोर देवबाट रु २० हजार घूसको रकम अख्तियारको टोलीले बरामद गरेको थियो । श्री नेराप्रावि मैनपुरमा निर्माणाधीन तीन कोठे भवनको फाइनल विल पास गर्नको लागि सो रकम लिएको कसूरमा उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको थियो । श्री नेराप्रावि मैनपुरमा निर्माणाधीन तीन कोठे भवन बनाउन रु १९ लाख ५० हजार जिशिकाले निकासा गरेको थियो ।
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis