Incident Reports

फोरम मधेशद्वारा बिरोध र्याली

2017-05-27

Madhes, Parsa, Birgunj

दोस्रो चरणको स्थानीय तह निर्वाचन वहिष्कारको माग गर्दै मधेशी जनअधिकार फोरम मधेशले आज वीरगंजमा विरोध र्याली निकालेको छ । फोरम मधेशका केन्द्रिय अध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा निस्किएको र्यालीले घण्टाघर, माइस्थान, आदर्शनगरलागयत भन्सार सम्म पुगेको थियो । र्यालीमा चुनाव वहिष्कार, स्थानीयमा निकायको निर्वाचनमा सेना परिचालन गर्ने निर्णय बदर गर्नु पर्ने, पूर्ण समानुपातिक जनसंख्याको आधार निर्वाचन क्षेत्र घोषणा गर्नु पर्ने, समग्र मधेश एक प्रदेश, संविधानको पुनरलेखन हुनु पर्ने लगायतका माग राख्दै र्याली निकालिएको हो । र्यालीमा केन्द्रिय अध्यक्ष गुप्ताका साथै, उपाध्यक्ष जयकरणप्रसाद यादव, श्याम गुप्त, राम भगत लगायतको सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports