Incident Reports

व्यापारी अपहरणमा

2017-06-09

Lumbini, Dang, Tulsipur

अपहरणमा परेका व्यापारीको २१ दिनपछि शव फेला । राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले बताएको छ । तुलसीपुरस्थित बुटवल वस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ र घोराहीका रणबहादुर घर्ती शुक्रबार राति सल्यानबाट हतियारधारीको अपहरणमा परेका छन् । प्रहरीका अनुसार उनीहरू दाङबाट सल्यान जाँदै गरेका थिए । केही समयपछि घर फर्कन्छु भनेर तुलसीपुरबाट निस्किएका श्रेष्ठ रातभर सम्पर्कमा नआएको र उनी सवार बा१२च १०७१ नम्बरको गाडी सल्यानको रिमस्थित शितल बजारमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । उनका अनुसार घर्ती भारतीय नम्बर प्लेटको गाडीमा केही अघि थिए भने श्रेष्ठ छुट्टै गाडीमा केही पछाडि थिए । हतियारधारी समूहले गाडी रोकेर दुवै जनालाई अपहरण गरेको एसपी सिंहले बताएका छन् । एसपी सिंह अनुसन्धानका लागि सल्यानको कपुरकोट पुगेका छन् । घटनाबारे अनुसन्धान थाली अपहरितको खोजी गरिरहेको उनले जानकारी दिए । अपहरणकारीले श्रेष्ठलाई नै केन्द्रविन्दु बनाई सडकमा ढुंगा फालेर गाडी रोकेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट सुरुमा अगाडि रहेको भारतीय नम्बरको गाडी रोकिएको र त्यसमा सवार घर्तीले अपहरणकारीलाई चिन्छु भनेपछि पछाडिको गाडीमा रहेका श्रेष्ठसँगै उनलाई पनि अपहरण गरेको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Abducted 2
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments

Related Reports