नेकपा एमालेले शुक्रबार सिरहाको गोलबजारमा आयोजना गरेको चुनावी सभाको विथोल्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावका लागि चुनावी सभा आयोजना गरेको एमालेको कार्यक्रम विथोल्न राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँमा राजमार्गमा टायर बाल्नुका साथै प्रदर्शन गरेका थिए ।
एमाले मधेस विरोधी पार्टी भएको भन्दै राजपा कार्यकर्ताले एमालेविरुद्ध नाराबाजीसमेत गरेका थिए । मधेसमा चुनाव लड्ने एमालेको नैतिक अधिकार नरहेको भन्दै अवरोध गर्न खोजे पनि उनीहरुको प्रयास भने असफल भएको छ । विरोधकाबीच एमालेले चुनावी सभा सम्पन्न गरेको छ । सडकमा वालिएको टायर प्रहरीले निभाएर राजपा कार्यकर्तालाई सडकबाट हटाएपछि स्थिति सामान्य बनेको थियो ।
यस्तै, एमालले सडक बत्तिको पोलमा झुड्याएको झण्डा स्थानीयले हटाइदिएका छन् । निर्वाचन आचारसंहिताविपरित हुने भन्दै सार्वजनिक स्थलको झण्डा प्रहरीकै उपस्थितिमा हटाइएका हो ।