Incident Reports

जनकपुरमा कांग्रेसमाथि प्रहार

2017-06-11

Madhes, Dhanusha, Janakpur

जनकपुरमा कांग्रेसका झण्डा जलाइए पनि झडपको घटना भने भएन र स्थिति सामान्य नै रह्यो । शिव चौकस्थित धर्मशालामा कांग्रेसको बैठक बस्न लागेको बेला पुगेका राजपाका कार्यकर्ताले उक्त पार्टीको झण्डा जलाएका हुन् । राजपा नेता परमेश्वर साहले मधेसमा निर्वाचन हुन नदिने भन्दै यसको लागि निर्वाचनको प्रचारप्रसारका कुनैपनि कार्यमा अवरोध गर्ने बताए । कांग्रेस जिल्ला सभापति राम सरोज यादवले साहलाई फोन गरेर यस्तो कार्य नगर्न चेतावनी दिएका थिए । तर, साहले निर्वाचनको हरेक कार्यक्रमलाई विथोल्ने भनेपछि दुई नेताबीच फोनमा नै विवाद भएको थियो । आइतबार नै निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी राजनितिक दलहरुको कार्यक्रममा समेत राजपाले अवरोध गर्न खोज्दा प्रहरीले रोकेको थियो । जिल्ला प्रशासन कार्यालयको हातामा रहेको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा राजपाका नेता तथा कार्यकर्ताले विवाद गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports