Incident Reports

उम्मेदवारलाई धम्की

2017-06-03

Province 1, Jhapa, Mechinagar, Ward 5

मेचीनगर नगरपालिकाको वडा अद्यक्षका अपांगता भएका एक उम्मेदवारमाथि ज्यान मार्ने धम्की आएको छ । नेकपा माओवादी केन्द्र तर्फबाट मेचीनगरको ९ नम्बर वडाका उम्मेदवार रहेका कमल रसाइलीमाथि स्थानीय अनक भुजेलले धम्की दिएका हुन् । खुट्टीडाँगी निवासी रसाइली मेचीनगरका एकमात्र दलित तथा अपाङ्ग उम्मेदवार हुन्। भुजेल एमाले निकट कार्यकर्ता भएको बताइएको छ । भुजेलले रराइलीलाई फोन गरेर 'माओवादी केटाहरु निकै उग्र हुँदैछन,सम्झाउनु होला नत्र ठिक पार्न हामीले जानेका छौं' भन्दै धम्की दिएको पिडित कमलले बताए। उनले आफ्नो परिवारलाई लक्षित गरेर धम्की आएको बताएका छन्। चुनावको विषयलाई लिएर भएको धम्कीले दिएको कमलका छोरा मंजिलले बताए । स्थानीय तहको निर्वाचनका बेला दोलखाको गौरीशंकर गाउँपालिका-२ जुंगूमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । त्यहि घटना दोहोरिएला भन्दै धम्की दिएको कमलले बताए । यसैबीच नेकपा माओवादी केन्द्र मेचीनगरले आइतबार प्रेस विज्ञप्ति निकालेर आफ्ना उम्मेदवार रसाइलीमाथि भएको ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी इन्चार्ज प्रकाश भण्डारी र संयोजक माधव अर्यालले हस्ताक्षर गरेको विज्ञप्ति मा गलत तथा गैरराजनैतिक क्रियाकलाप तुरुन्त बन्द गर्न चेतावनी दिइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Entity CPNM-MC
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa , Local Newspaper - Jhapa

0 Comments

Related Reports