Incident Reports

सर्लाहीमा राष्ट्रिय जनता पार्टीद्वारा मसाल जुलुस

2017-06-12

Madhes, Sarlahi, Malangawa

सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरूले जेठ २९ गते साँझ सर्लाही सदरमुकाम मलङ्गवा सहित अन्य व्यपारी केन्द्रहरूमा मसाल जुलुस प्रदर्शन गरेका छन् । सदरमुकाम स्थित राजपा नेपालको पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुस नगर परिक्रममा गर्दै निर्वाचन कार्यालय पुगेर टुङ्गिएको थियो । राजपका कार्यकर्ताहरूले बालेको मसाल निर्वाचन कार्यालयमा नै फालेर आएका थिए । राजपाका कार्यकर्ताहरूले मलङ्गवा, इश्वरपुर, गौडैता, सिसौटिया, सिसौट, बरहथवा, हरिपुर, गैर, नवलपुर सहितका स्थानमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports