Incident Reports

School principal thrashes minor student black and blue

2017-06-11

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 33

A 6-year-old student was severely thrashed by the principal of a school for not doing his homework in Pokhara Lekhnath-33 of Kaski. According to reports, Principal of Pokhara Lekhnath-33 based Morning Glory School, Shivadatta Tiwari mercilessly beat the minor boy on June 11 for not doing his homework. According to the boy's family, he has sustained black and blue marks on his back due to the beating. पोखरामा एक विद्यार्थी आफ्नै स्कुलका प्रिन्सिपलबाट निर्घात कुटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ स्थित मर्निङ ग्लोरी स्कुलमा कक्षा १ मा अध्ययनरत सुवास लामिछाने सोही स्कुलका प्रिन्सिपल शिवदत्त तिवारीबाट कुटिएका हुन् । प्रिन्सिपल तिवारीको कुटाईबाट अन्दाजी ६ वर्षीय बालक लामिछानेको ढाडभरी निलडाम बसेको छ । लामिछानेलाई प्रिन्सिपल तिवारीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेको पीडित विद्यार्थीका आफन्तले बताएका छन् । उनको नमस्ते अस्पताल पोखरामा उपचार गरिएको छ । श्रोतका अनुसार जेठ २८ गते आइतबार सुवास गृहकार्य नगरी स्कुल गएका थिए । स्कुलमा कक्षा शिक्षिकाले सुवासले गृहकार्य नगरेको देखेपछि प्रिन्सिपल तिवारीलाई बोलाइन् । तिवारी आएर गृहकार्य किन नगरेको भन्दै निर्घात कुटपिट गरेको सुवासले बताएको उनका आफन्तले बताए । लगत्तै आफन्तले स्कुल र वडा कार्यालयमा जानकारी गराएको र वडाध्यक्ष शिवप्रसाद आचार्यले बोलाएर सोध्दा प्रिन्सिपल तिवारीले आफूबाट गल्ती भएको भन्दै माफी मागेको आफन्तले बताएका छन् । प्रिन्सिपल तिवारीलई गल्ती नदोहोर्‍याउने बाचासहितको कागज गराएर छाडिएको छ । तर प्रिन्सिपल तिवारीले भने सुवासलाई आफूले निर्घात कुटपिट गरेको नभई ढाडमा सामान्य ढंगले हिर्काएको जिकिर गरेका छन् । उनले घरमा लडेर सुवासलाई चोट लागेको हुनसक्ने बताए । तर सुवासको निलडाम हेर्दासुम्ला बस्नेगरी लठ्ठिले पिटेको जस्तो देखिन्छ । यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषिलाई कारवाहीको माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments