Incident Reports

पोखरामा प्रिन्सिपलबाटै निर्घात कुटिए विद्यार्थी

2017-06-11

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 33

पोखरामा एक विद्यार्थी आफ्नै स्कुलका प्रिन्सिपलबाट निर्घात कुटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ स्थित मर्निङ ग्लोरी स्कुलमा कक्षा १ मा अध्ययनरत सुवास लामिछाने सोही स्कुलका प्रिन्सिपल शिवदत्त तिवारीबाट कुटिएका हुन् । प्रिन्सिपल तिवारीको कुटाईबाट अन्दाजी ६ वर्षीय बालक लामिछानेको ढाडभरी निलडाम बसेको छ । लामिछानेलाई प्रिन्सिपल तिवारीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेको पीडित विद्यार्थीका आफन्तले बताएका छन् । उनको नमस्ते अस्पताल पोखरामा उपचार गरिएको छ । श्रोतका अनुसार जेठ २८ गते आइतबार सुवास गृहकार्य नगरी स्कुल गएका थिए । स्कुलमा कक्षा शिक्षिकाले सुवासले गृहकार्य नगरेको देखेपछि प्रिन्सिपल तिवारीलाई बोलाइन् । तिवारी आएर गृहकार्य किन नगरेको भन्दै निर्घात कुटपिट गरेको सुवासले बताएको उनका आफन्तले बताए । लगत्तै आफन्तले स्कुल र वडा कार्यालयमा जानकारी गराएको र वडाध्यक्ष शिवप्रसाद आचार्यले बोलाएर सोध्दा प्रिन्सिपल तिवारीले आफूबाट गल्ती भएको भन्दै माफी मागेको आफन्तले बताएका छन् । प्रिन्सिपल तिवारीलई गल्ती नदोहोर्‍याउने बाचासहितको कागज गराएर छाडिएको छ । तर प्रिन्सिपल तिवारीले भने सुवासलाई आफूले निर्घात कुटपिट गरेको नभई ढाडमा सामान्य ढंगले हिर्काएको जिकिर गरेका छन् । उनले घरमा लडेर सुवासलाई चोट लागेको हुनसक्ने बताए । तर सुवासको निलडाम हेर्दासुम्ला बस्नेगरी लठ्ठिले पिटेको जस्तो देखिन्छ । यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषिलाई कारवाहीको माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments