Cadres of the Rastriya Janata Party-Nepal (RJP-N) Tuesday have vandalized vehicle belonging to CPN-UML leader.
The coalition of Madhes-based parties on June 11 had issued a press statement announcing protest programs to disrupt the Phase II election. The protest programs include general strike in Tharuhat, Madhes and Limbuwan regions from Tuesday till Friday.
Police said that RJP cadres have vandalized vehicle belonging to UML MP Dip Narayan Sah in Mahottari on Tuesday morning. According to SP at District Police Office, Mahottari, Raj Kumar Lamsal, the vehicle heading to Bardibas from Samsi was vandalized at Aurahi Rural Municipality-1. The glass window of the vehicle has been broken.
नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार गरेका छन् ।
बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा टायर बालेर सडक अबरुद्ध गर्दै प्रदर्शन गरिरहेका राजपाका कार्यकर्ताहरूले सांसद साह सवार बा१२च ९६९ नम्बरको गाडीमा ढुङ्गमुढा प्रहार गरेका हुन् ।
निर्वाचनको विरोध गर्दै आएको राजपाले जेठ ३० गतेदेखि असार २ गतेसम्म तराई मधेस बन्दको आह्वान गरेको पहिलो दिन बन्दको अवज्ञा गरेको आरोप लगाउँदै सांसद साह चढेको गाडीमा ढुङ्गामुढा प्रहार गरेका हुन् ।
ढुङ्गामुढाले गाडीको अगाडिको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जनाए ।
आफ्नो घर सम्सी गाउँपालिका हँदै रामगोपालपुरबाट औरहीतर्फआउँदै गर्दा औरही बजारमा सांसद साहलाई मधेस विरोधी एमालेको नेता भन्दै राजपाका कार्यकर्ताले आक्रमण गरी गाडीको सीसा फुटाएको बताइएको छ ।
सांसद सवार गाडीका चालकले तीव्र गतिमा भगाएर ज्यान जोगाएको साहले बताएका छन् । उनले भने-‘हाम्रो गाडीलाई आन्दोलनकारीले बाटोमै छेके । गाडी नरोकी आन्दोलनकारी छल्दै बर्दिबास पुगेँ ।’