Nepali congress leader Raju Thapa has started relay hunger strike against the distribution of election ticket in Nepalgunj on Friday. The hunger strike is being held in party office in Nepalgunj.
Dissatisfied cadres are agitated after the relay hunger strike. According to one of the cadres, "If the problem about ticket distribution was timely solved then there would have been no need for the strike". Raju Thapa stated that they had to go for relay hunger strike because chairperson of Area no 3, Mesh Gupta and parliamentarian Badshah Kurmi discriminated in discriminating tickets. District member Thapa had also earlier padlocked the party office for the same reason.
आउँदो स्थानीय तहको निर्वाचनका लागी टिकट वितरणमा क्षेत्रीय कार्यसमितिले मनोमानी गरेको जिकिर गर्दै नेपाली कांग्रेसका नेता राजु थापाले अनसन सुरु गरेका छन् ।
नेपालगन्जस्थित पार्टी कार्यालयमा शुक्रबारबाट उनि अनसनमा बसेका हुन् । कार्यालयमै अनसन सुरु भएपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट कार्यकर्ता आक्रोशित भएका छन् । 'टिकट वितरणमा देखिएको विवाद समयमै समाधान हुनुपर्थ्यो, समस्याप्रति नेतृत्व गम्भीर बनेको भए अनसनमा बस्नुपर्ने स्थिति नै आउने थिएन, एक कार्यकर्ताले भने ।
क्षेत्र नम्बर ३ का सभापति र मेष गुप्ता र सांसद बादशाह कुर्मीले टिकट वितरणमा भेदभाव र जालसाजी निर्णय गरेकाले अनसनमा बस्नु परेको थापाले बताएका छन् । जिल्ला सदस्य थापाले यसघि पनि क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।