Incident Reports

गुल्मीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, २ घाइते

2017-06-14

Lumbini, Gulmi, Gulmidarbar, Ward 4

गुल्मीमा कांग्रेस र एमालेबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बुधवार राति दरवार गाउँपालिका-४ को बिरवासमा झडप हुँदा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली घाइते भएका हुन् । घाइते दुबैजनाको टाउकोमा चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । झडपमा संलगन चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले राजनीतिक प्रतिशोध, मादक पदार्थ सेवन र पुरानो रिसिवीको कारण झडप भएको हुनसक्ने बताए । ‘कुट्नेहरु हिरासतमा छन्, अनुसन्धान गरिरहेका छौं,’ नेपालले भने, ‘अहिलेसम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिशोध पनि हुनसक्छ ।’ एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले कांग्रेस कार्यकर्ताहरुले नियोजित रुपमा आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लगाए । नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कँडेलले भने एमालेको आरोपको खण्डन गरे । राजनैतिक प्रतिशोध नभएर विवादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए । पीडितका आफन्तले कुटपीट गर्ने आरोपितबिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports