Incident Reports

वडाअध्यक्ष माथि आक्रमण

2017-06-15

Karnali, Mugu, Soru, Ward 6

(PR) सोरु गाउँपालिका- ६ स्थित जिमा गाउँका नवनिर्वाचित वडाअध्यक्ष मनप्रसाद भट्ट माथि गएराति स्थानीय माओवादी कार्यक्रताले आक्रमण गरि सख्त घाइते बनाएका छन् । भट्ट घरमै बसिरहेको बेला माओवादी केन्द्रका कार्यक्रताले टाउकोमा ढुङ्गा र हसिया प्रहर गरी गम्भीर घाइते बनाएको जिमा गाउँका हिकमत भट्टले जानकारी गराए । टाउको धेरै चोट लागेको हुँदा अध्यक्ष बेहोस छन् । आक्रमण गर्ने नवराज भट्ट र एक जना अर्का माओवादी कार्यक्रताहरुलाई स्थानीयले समातेर सोरुकोट प्रहरी चौकीलाई बुझाएका छन् । अध्यक्ष भट्टको उपचारमा संलग्न अहेब धीरेन्द्र शाहीले गाउँमा उपचार हुने अवस्था नभएकोले तत्काल जिल्लामा लैजानु पर्ने बताए । अध्यक्ष माथि आक्रमण भएको भन्ने खबर पाएपछि सोरुकोट प्रहरी चौकीबाट सुरक्षा खटाई सकिएको प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी गराए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports