Incident Reports

राजपा कार्यकर्ताद्वारा रिक्सा चालकमाथि कुटपिट

2017-06-16

Madhes, Parsa, Birgunj

आन्दोलनका नाममा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले अराजक गतिविधि गर्न थालेका छन् । सरकार र स्थानीय प्रशासन चुप लागेर बसिदिँदा राजपाका कार्यकर्ताले जे मन लाग्यो त्यही गर्न थालेका हुन् । यसको उदाहरण शुक्रबार वीरगञ्जमा भएको मानवीय संवदेनाहिन घटनालाई लिन सकिन्छ । स्थानीयका अनुसार बन्दमा रिक्सा चलाएको भन्दै राजपाका आन्दोलनकारीले मजदुरमाथि निर्घात कुटपीट गरेका छन् । मधेसी जनताको लागि लडिरहेको भन्ने राजपा मधेसकै जनतालाई दुःख दिएर कुटपीटमा समेत उत्रिएको छ । मधेसमा नाममा राजनीति गरेर मधेसकै जनतालाई दुःख दिएपछि एक मधेसी युवा सञ्जीव झाले आक्रोश पोख्दै भनेका छन्– ‘वीरगञ्जमा बन्दमा रिक्सा किन चलाएको भन्दै राजपा आन्दोलनकारीद्वारा एउटा गरिब मधेसी मजदुर रिक्सा चालकलाई कुटपिट गरि यस्तो यातना दिएका छन् । यहि हो तिम्रो मधेस मुक्ती र अधिकारको आन्दोलन ? कहाँ छ द्वन्द्व उद्यमी, मधेसका कथित बुद्धिजीवी र अधिकारबादीहरु ? प्रधानमन्त्री र गृहमन्त्रीज्यु गरिब मजदुरलाई सुरक्षा दिन सक्नु हुन्न भने खुरुक्क राजीनामा दिनुस, नत्र यस्ता नरपिशाचमाथि कारवाही होस ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments