Incident Reports

कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

2017-06-18

Lumbini, Kapilbastu, Banganga, Ward 4

जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए । उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ । विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएका थिए । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उनी हिडे । त्यसको केही सेकेण्डमा नै विस्फोट भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 9
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Saptari , Local Newspaper - Rupandehi , Local Newspaper - Sarlahi , Local Newspaper - Jumla

0 Comments

Related Reports