Incident Reports

बञ्चरो प्रहारबाट दुई जना गम्भिर घाइते

2017-06-16

Lumbini, Dang, Tulsipur, Ward 11

११ मोतिपुरमा बञ्चरो प्रहार वाट दुई जना घाईते भएका छन् । शुक्रवार विहान पौने ८ बजेको समयमा ३५ बर्षीय जागाराम चौधरीको आक्रमण वाट स्थानीय २९ बर्षीया फूलनिया चौधरी र ३२ बर्षीय ऋषिमान चौधरी गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । फूलनिया र ऋषिमान श्रीमान श्रीमती हुन । फूलनियाको टाउको र ऋषिमानको खुट्टामा गहिरो घाउ लागेको छ । दुईजना मध्य फूलनियाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुबैजनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल केलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । बञ्चरो प्रहार गर्ने जागाराम चौधरी फरार रहेको र खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । आक्रमणको कारण भने खुल्न नसकेको डिएसपी तिम्सिनाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Other Sources

0 Comments

Related Reports