Incident Reports

नवलपरासीमा राजपाका ४० कार्यकर्ता पक्राउ

2017-06-18

उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीमा राष्ट्रिय जनता पार्टी नेपालका ४० जना कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीको सुरक्षा अवस्था कडा पारिएको थियो । शान्ति अवस्था खल्बल्याउने आशंकामा प्रहरीले शनिबारदेखि नै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकतालाई पक्राउ गर्न थालेको थियो । राजपाको अवरोधका बावजुद पनि नवलपरासीमा उम्मेदवारी मनोनयन दर्र्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मनोनयन दर्तामा अवरोध गर्न थालेपछि प्रतापपुर गाउँपालिकाबाट राजपाका पाँचजना तथा पाल्हिनन्दन गापालिकाबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार परासीमा भएको विरोध सभा लगत्तै १७ जनालाई पक्राउ गरिएको थियो । जसमा राजपा संयोजक पुरन चौधरीलगायत कार्यक्रता रहेका छन् । परासीको रोयल होटेलमा बसेर छलफल गरिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports