Incident Reports

तिवारीमाथि निर्घात कुटपिट

2017-06-07

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज-सिद्धार्थ विद्या सदन इंग्लिस मिडियम हाईस्कुल फुल्टेक्रामा अध्ययनरत विद्यार्थी प्रशान्त तिवारी माथि निर्घातरुपमा कुटपिट भएको छ । डुडवा गाउँपालिका वडा नम्बेर ३ तिवारीपुर्वा निवासी १५ वर्षिय तिवारी आफ्नै छिमेकी सुरज भन्ने अनिरुद्ध त्रिपाठी बाट कुटपिट भएको बताएका छन् । बिहान विद्यालय जान हिँडेका तिवारीलाई मोटरसाईकल बाट आएका अनिरुद्ध त्रिपाठीले पछाडिबाट मोटरसाईकलबाट हानेर पछारेक थिए । मोटरसाईकलको ठक्करले ढलेका तिवारीलाई लछारपछार गरी त्रिपाठीले हेल्मेट र ढुँगाले कुटपिट गरेका थिए । पीडक त्रिपाठीले तलाई ज्यानले मारिदिन्छु भन्दै फोन गरेर आफ्नो काका रमेश त्रिपाठीका छोरा आदर्श र अनिकेट त्रिपाठीलाई समेत कुटपिट पर्न बोलाएका पीडित तिवारीले बताएका छन् । काकाको छोरालाई समेत बोलाएकाले उनिहरुले मेरो छोरालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरिएको पीडितका बुवा फुलचन्द्र तिवारीले बताएका छन् । पिडित तिवारीलाई ढाड र कोखामा भित्रि चोट लागेकोले स्वास लिन अप्ठ्यारो परिरहेकोले उपचारका लागि भेरी अस्पताल लागिएको छ तथा पीडक त्रिपाठीलाई प्रहरीले पक्राउ गरि आफ्नो नियन्त्रणमा राखेको तिवारीले बनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments

Related Reports