Incident Reports

दाङमा मजदुरबिच झडप हुँदा एकको मृत्यु, एक घाइते

2017-06-18

Lumbini, Dang, Ghorahi

मजदुर मजदुरबिच दाङमा भएको झडपमा सुनसरी ईनरुवाका २० वर्षका रितेश झा को ज्यान गएको छ । हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन् । घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत मजदुरबिच कुटपिट हुँदा झाको ज्यान गएको हो । आइतबार राति सामान्य विवादमा झडप हुँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ । उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षका जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षका राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षका निर्मल राजपुतले रितेश झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादवलाई कुटपिट गरेका थिए । घाइते जगतलाई थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ । कुटपिट गर्नेमध्येका राज र निर्मललाई प्रहरीले पक्राउ गरेको छ भने फरार रहेका जितरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports