Incident Reports

मेयर उम्मेदवारको घरमा प्रेस कुकर बम : बोरामा यस्तो भेटियो

2017-06-19

Lumbini, Rupandehi, Siddharthanagar

रुपन्देहीको सदरमुकाम सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मेयरका उम्मेदवार सागरप्रताप राणाको घरमा प्रेस कुकर बम फेला परेको छ । सोमबार राति करिब ९ बजेतिर राणाको घरको मुलगेट अगाडि बोरामा हालेको अवस्थामा बम फेला परेको हो । गेट अगाडि भेटिएको संकासपद वस्तु देखे पछि नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरी बम हटाइयो । बोरा भित्र अवध स्वायत्त प्रदेश नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । पर्चामा 'अहिले देशमा हाम्रो सत्ता आएको छैन, हाम्रो सत्ता आएपछि मात्र चुनावमा भाग लिने' जस्ता शब्दहरु प्रयोग गरिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए । चुनाव बिथोल्ने र आतंक मच्याउन विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports