RJP-N who have been in constant agitation demanding for constitutional amendment prior election organized rally in Janakpur and Mahendranagar of Dhanusha. A motorcycle rally in Janakpur and rally in Mahendranagar were organized demanding their 6 point demand along with constitutional amendment. The motorcycle rally in Janakpur starting from Ramananda Chowk made around different corners of the city and ended in corner meeting in Shiva Chowk. Whereas, rally in Mahendra nagar made to Pidari Chowk, Mills Area, Station Road, Kadam Chowk, Bishwokarma Chowk, Zero Mile and ended in Shiva Chowk as a corner meeting.
संविधान संशोधनको माग तथा स्थानीय निर्वाचनको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपालले जनकपुर तथा महेन्दनगरमा र् याली निकालेको छ । स्थानीय निर्वाचनको कार्यक्रममा अवरोध सृजना गर्दै आएका राजपाले संविधान संशोधन लगायत अन्य ६ बुँदे माग सम्बोधन हुनुपर्ने माग राख्दै जनकपुरमा मोटरसाईकल र् याली तथा महेन्दनगरमा पैदल विरोध र् याली निकालेका हुन् ।
जनकपुरको रामानन्द चोकबाट निस्केको र् यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै शिवचोकमा कोणसभामा परिणत भएको थियो । रामानन्द चोकबाट निस्केको जुलुस पिडारी चोक, मिल्स एरिया, स्टेशन रोड, कदम चोक विश्वकर्मा चोक जिरो माईल भ्रमरपुरा चोक हुँदै शिव चोकमा परिणत भएको थियो ।