Incident Reports

Action against the hotels on charge of child labour.

2013-05-29

Morang, May 29, Biratnagar Municipality has rescued four children from hotel and said will take action against hotel who will keep child labor. Women and children welfare Biratnagar branch has rescued these children from different hotels and restaurants on 28th of May. Rescued children are not made public. Child welfare branch has fined 1500 Rs per head from the owner of Pathibhara Tiffin and Himalaya hotel. मोरङ । जेठ १५ गते विराटनगर उमनपाले चार जना बालबालिकाको उद्दार गरी बालश्रमिक राख्ने होटलहरूलाई कारबाही गरेको छ । विराटनगर उमनपाअन्तर्गतको महिला तथा बालबालिका शाखाले विराटनगरका होटल तथा रेष्टुरेन्टबाट बालश्रमिकहरूलाई ०७० जेठ १४ गते उद्दार गरेको हो । उद्दार गरिएका बालबालिकाको नाम भने सार्वजनिक गरिएको छैन । बालविकास शाखाका प्रमुख डिल्ली धिमालले बालश्रमिकहरू राखेको आरोपमा विराटनगर उमनपा-१४ को पाथिभरा टिफिन र हिमालय होटलका सञ्चालकसँग प्रतिव्यक्ति १ हजार पाँच सय रुपियाँ जरिवाना गरेको बताए । उमनपाले सन् २०१५ सम्ममा नगरलाई बालश्रमिक मुक्त नगर बनाउन राखेको अभियानविपरीत ती होटलहरूले कार्य गरेको शाखा प्रमुख धिमालको भनाइ छ । अभियान सुरु गरेको एक वर्षमा नपाले विराटनगरका विभिन्न होटलबाट चार सय बालश्रमिकको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये दुई सय १७ जनालाई विद्यालय सामग्रीसहित विद्यालय भर्ना गरेको बालशाखा प्रमुख धिमालको दाबी छ । दीपेन नेउपाने

0 Comments