Incident Reports

बालश्रमिक राख्ने होटल कारबाहीमा, बालबालिकाको उद्दार l

2013-05-29

मोरङ । जेठ १५ गते विराटनगर उमनपाले चार जना बालबालिकाको उद्दार गरी बालश्रमिक राख्ने होटलहरूलाई कारबाही गरेको छ । विराटनगर उमनपाअन्तर्गतको महिला तथा बालबालिका शाखाले विराटनगरका होटल तथा रेष्टुरेन्टबाट बालश्रमिकहरूलाई ०७० जेठ १४ गते उद्दार गरेको हो । उद्दार गरिएका बालबालिकाको नाम भने सार्वजनिक गरिएको छैन । बालविकास शाखाका प्रमुख डिल्ली धिमालले बालश्रमिकहरू राखेको आरोपमा विराटनगर उमनपा-१४ को पाथिभरा टिफिन र हिमालय होटलका सञ्चालकसँग प्रतिव्यक्ति १ हजार पाँच सय रुपियाँ जरिवाना गरेको बताए । उमनपाले सन् २०१५ सम्ममा नगरलाई बालश्रमिक मुक्त नगर बनाउन राखेको अभियानविपरीत ती होटलहरूले कार्य गरेको शाखा प्रमुख धिमालको भनाइ छ । अभियान सुरु गरेको एक वर्षमा नपाले विराटनगरका विभिन्न होटलबाट चार सय बालश्रमिकको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये दुई सय १७ जनालाई विद्यालय सामग्रीसहित विद्यालय भर्ना गरेको बालशाखा प्रमुख धिमालको दाबी छ । दीपेन नेउपाने

0 Comments