Incident Reports

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-06-21

Bharat Khadka निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६ गते गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने तयारी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । सो पार्टीले स्थानीय तहको निर्वाचन बिथोल्न विभिन्न योजना बनाई रहेको भन्दै प्रहरीले पछिल्लो समयमा गृहमन्त्रालयकै आदेशमा उनलाई गिरफ्तार गरिएको र यस्ता गतिविधिमा संलग्न अन्यलाई पनि गिरफ्तार गरिने जनाएको छ । विप्लव समूहका कार्यकर्तालाई सहरबजारमा प्रहरीले खोजी कार्य तिब्र बनाएपछि उनीहरू अर्धभुमिगत अबश्थामा रहेको बुझिएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports