Incident Reports

Woman Arrested 20 Years after Selling Her Friend to Brothel

2013-05-28

Makwanpur/May 30 Police have arrested Gorimaya Syangtan, 39, of Hetaunda Municipality-9 on May 28 on charge of selling her friend to a brothel in India 20 years ago. The victim, a resident of Bhainse VDC-8, was sold by Syangtang on January 23, 1994 for Rs 30,000 in the pretext of visiting Birgunj. Managing to flee from the brothel after 11 months, she filed a police complaint against the accused and another person, Pasang Lama on April 13, 1995. Lama, a driver by profession, remains at large. Syangtang has reportedly confessed to the charge. When the victim returned, she was already HIV positive. She got married to a local guy of Bhainse and died of AIDS seven years after marriage. Her husband died two years after that. Pratap Bishta मकवानपुर । जेठ १६ गते बीस वर्षअघि मितीनीलाई भारतको वेश्यालयमा लगेर बिक्री गर्ने एक महिलालाई जेठ १४ गते प्रहरीले गिरफ्तार गरेको छ । भैँसे गाविस-८ की एक युवतीलाई भारतको वेश्यालयमा बिक्री गरेको आरोपमा हेटौँडा नगरपालिका -९ की ३९ वर्षीया गोरीमाया स्याङ्तानलाई २० वर्षपछि प्रहरीले गिरफ्तार गरेको हो । स्याङ्तानले १८ वर्षीया एक युवतीलाई २०५० माघ १० गते बीरगन्जमा घर हेर्न जाउँ भनेर फकाएर बीरगञ्ज हुँदै भारत लगेर ३० हजार भारुमा बिक्री गरेकी थिइन् । भारतको बेश्यालयबाट ११ महिनापछि भाग्न सफल भएर आएकी ती युवतीले मितिनी गोरीमाया र पासाङकाविरुद्ध २०५१ चैत ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । पासाङ लामा फरार छन् । उनी गाडी चालक हुन् । गोरीमायाले मितिनीलाई भारतमा लगेर बिक्री गरेको प्रहरी समक्ष साविती बयान दिएकी छन् । वेश्यालयवाट ११ महिनापछि फर्केर आएकी युवतीले भैँसे गाविसको एक युवकसँग विवाह गरेकी थिइन् । वेश्यालयबाट फर्कँदा उनले आफ्नो रगतमा एचआईभी/एड्सको जीवाणु बोकेर आएकी थिइन् । त्यही जीवाणुको कारण उनको विवाह गरेको सात वर्षपछि मृत्यु भयो । पतिको पनि एचआईभी एड्सकै कारण विवाहको नौ वर्षपछि उनको निधन भएको थियो । प्रताप विष्ट

0 Comments