Incident Reports

Case of Rape of Minor Filed Against Man

2013-05-30

Sudurpashchim, Achham, Mangalsen

Achham/May 30 Achham police have filed a case of rape against Ganga Bhul, 20, of Oligaon on May 30 on charge of raping a 15-year-old girl for three days. The girl’s mother had filed a complaint against Bhul on May 29 accusing him of holding her daughter hostage for three days from May 25 at a cattle shed and raping her. Police arrested Bhul at his home on May 29 and detained him at the custody of District Police Office, head constable Bhupendra Singh Samanta informed. It is learned that the girl has sustained injuries in chest and chin and that her medical check up was conducted at District Hospital. Police said that though the villagers had tried to settle the case in the village, the incident came into light because the girl’s mother was not ready to compromise. On May 30, District Court has remanded to Bhul to custody for 10 days. Shivaraj Khatri अछाम । जेठ १६ गते १५ वर्षीया एक किशोरीलाई तीन दिनसम्म लगातार बलात्कार गर्ने ओलीगाउँका २० वर्षीय गंग भुल विरुद्ध अछाम प्रहरीले जेठ १६ गते जबरजस्तीकरणीको मुद्दा दर्ता गरेको छ । भुलले ती किशोरीलाई जेठ ११ देखि १३ गते सम्म भैँसी बाँध्ने गोठमा थुनेर बलात्कार गरेको भन्दै किशोरीको आमाले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । पीडित पक्षको जाहेरीलगत्तै प्रहरीले भुललाई जेठ १५ गते उनको घरबाटै गिरफ्तार गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय अछामका मुद्दा शाखाका हवलदार भुपेन्द्रसिंह सामन्तले जानकारी दिए । किशोरीको चिउँडो र छातीमा चोट लागेको तथा उनको उपचार र स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुई दिन सम्म घट्ना गाउँमै मिलाउने प्रयास भए पनि किशोरीको आमाले नमानेर प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत अछामले भुललाई जेठ १६ गते नै पुर्पक्षका लागि १० दिन थुनामा राख्न आदेश दिएको छ । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis