Life in Parsa remained affected on the first day of the strike done by Rastriya Janata Party.
Tata sumo of number NA 1 JA 4661, pick up truck of number BA 7 CHA 9114 and bus of number 4 kha 8525 were vandalized by the cadres of RJP for defying the strike.
The cadres also burnt tires in various places of Birgunj.
संविधान संशोधन नगरेर सरकारले दोस्रो चरणको निर्वाचन गराउन लागेकोमा सोको विरोधमा राजपा नेपालले आह्वान गरेको जेठ ३० देखि असार २ गतेसम्मको आम हडतालको आज पहिलो दिन पर्सा जिल्लाको जनजीवन प्रभावित रह्यो । बन्द सफल पार्न घण्टाघर चोक, आदर्शनगर, बिर्ता, छपकैया, मुर्ली, पावरहाउस चोक, पिपरा, गण्डक चोक, नगवा, र जिल्लाको ग्रामीण भेगको पोखरिया, पकाहामैनपुर, भिस्वा, जानकीटोला, बिन्दवासिनी, गर्दाैल, भौराटारलगायत स्थानमा राजपाका नेता कार्यकर्ताहरूले बिहानैदेखी टायर बालेर बन्दको समर्थनमा नाराबाजी, जुलुस निकालेका थिए । वीरगंजमा सवारीका साधनहरूमा मोटरसाइकलसम्म चलेको थियो । शैक्षिक संस्थासमेत बन्द गराएका आन्दोलनकारीले सरकारी कार्यालय, वित्तीय संस्था सञ्चालनमा शक्ति प्रदर्शन गरी रोक लगाएका थिए । बन्दको अवज्ञा गरिएको भन्दै ना १ ज ४६६१ नम्बरको टाटासुमो, बा ७ च ९११४ नम्बरको पिक अप भ्यानको शीशा तोडफोड गरिएको छ भने पोखरियामा ना ४ ख ८५२५ नम्बरको बसमा तोडफोड भएको हाम्रा संवाददाताहरूले बताएका छन् ।