Incident Reports

फोरमको कार्यालयमा तोडफोड, उपेन्द्र यादवको पुतला दहन

2017-06-13

Madhes, Parsa, Birgunj

घण्टाघर चोकमा राजपाका महिला नेतृहरूले फोरम नेपालका अध्य उपेन्द्र यादवको पुतला दहन गरेका थिए । संविधान संशोधनको कुरामा एकमत भएर पछि धोखा दिंदै पहिलो चरणमा सहभागी भएको र दोस्रो चरणमा पनि संविधान संशोधनबिनै सहभागी हुने जनाएर मधेसको मुद्दा कमजोर पार्न खोजेको भन्दै अध्यक्ष यादवको पुतला दहन गरिएको थियो । पुतला दहनपछि महिला नेतृहरू रेखा कर्ण, मुनि श्रीवास्तव, रानी शर्माले संविधान संशोधन बिना मधेसमा निर्वाचन कल्पना पनि नगर्न चेताए । महिला नेतृहरूसँगै कृष्णा पटेल, मुस्तकिम अंसारी, राजेश्वर कल्वारले पनि मधेसको माग सम्बोधनबिना चुनाव हुन नदिने बताए । उनीहरूले आम हडतालसँगै भोलि बुधवारदेखि असार २ गते हुने उम्मेदवारी दर्ता बिथोल्न जागरण अभियान सञ्चालन गर्ने बताए । असार २ गते उम्मेदवारी दर्ता कार्यक्रम बिथोल्न सघाउन उनीहरूले आह्वाान गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Reports