Rastriya Janata Party (RJP) has staged torch rally on 12 June in all twenty two districts of Terai boycotting the local level election. RJP conducted the torch rally as an activity of it's Bandh scheduled from 13 to 16 June. The torch rally was interfered by police when police started baton charge in the rally. According to chief secretary of RJP Pashupati Dayal, four cadres of RJP have been injured by the baton charge.
स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले सोमबार तराईका २२ वटै जिल्लामा मशाल जुलुस निकालेको छ । जेठ ३० देखि असार २ गतेसम्म बन्द आह्वान गरेको राजपा नेपालले आन्दोलन कार्यक्रम स्वरूप मशाल जुलुस निकालेकोमा प्रहरीको हस्तक्षेपपछि बिथोलिएको छ । राजपा बाँकेको पार्टी कार्यालयबाट निकालिएको मशाल जुलुस त्रिभुवन चोक पुगेर कोण सभामा परिणत भएको थियो ।
प्रहरीको हस्तक्षेपमा गरिएको लाठी प्रहारले राजपाका चारजना प्रदर्शनकारी घाइते भएको राजपाका केन्द्रीय सहमहामन्त्री पशुपतिदयाल मिश्रले बताउनुभयो ।