A cadre of the Biplov led CPN died while trying to set off a bomb last night at a road leading to the Drinking Water Office at Dhangadi sub metropolis–4.
29–year–old Chandra Bahadur Singh, known as ‘Sunrise’ from Jugeda area was killed when the bomb he was carrying suddenly went off at 10 pm, said Chief District Officer (CDO) Govinda Rijal.
Singh was rushed to Seti Zonal Hospital Dhangadi and died in course of treatment at 11 pm. The Seti Zonal Police Office is located around 300 metres from the site of the explosion. Police said that he was carrying a bomb with the objective to terrorize people.
धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बम पड्किएर गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको थियो । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको र उपचारको क्रममा ११ः४० बजे सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अर्जुन चन्दले बताए ।
प्रहरीलाई चुनौती दिने, उम्मेदवारहरूलाई आतङ्कित पार्ने र मतदाता तथा आम नागरिकमा त्रास फैलाउने मनसायले उनले बम विष्फोट गराउन खोजेकोमा पहिल्यै बम विस्फोट भएर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
बम विष्फोटपछि स्थानीय बासिन्दाहरू त्रासित भएर घरभित्रै लुकेर बसेको र प्रहरी आएपछि मात्रै घर बाहिर निस्किन सकेको स्थानीयबासी राजकुमार खड्काले बताए ।