Incident Reports

YCL, Tarun Dal Clash over Donation Dispute

2013-06-02

Dolakha/June 2 A clash ensued between NC affiliated Tarun Dal and UCPN-M affiliated YCL on June 2 after YCL district coordinator Nabin Jirel demanded donation from the scrap materials being taken to Kathmandu from Charikot. The clash has left district leader of Tarun Dal Dolakha, Sanu Sherpa, [injured] Jirel had demanded Rs 3 lakhs from a dozer that was set ablaze by the then CPN-M at Ramechhap during the armed conflict. According to witness Devi Bhandari, Tarun Dal leader Sanu Sherpa had slapped YCL coordinator after Jirel obstructed the dozer even after showing a letter from the District Administration Office. NC District President, Tara Bahadur Koirala, said that a group led by UCPN-M foreign department member Bishakh Khadka attacked Sherpa with a rod and lathi in his head. NC shut down Charikot bazar demanding action against the assailants. The injured are being treated at Chho Rolpa General Hospital in Charikot. Uddhav Pokharel दोलखा । जेठ १९ गते कवाडी सामान चरिकोटबाट काठमाण्डौ लैजाने क्रममा वाईसीएलका जिल्ला संयोजक नविन जिरेलले चन्दा मागेपछि भएको विवादमा तरुण दल र वाईसीएलबीच कुटाकुट हुँदा तरुण दल दोलखाका नेता सानु शेर्पा घाईते भएका छन् । विगतको माओवादी द्वन्द्वको समयमा तत्कालको नेकपा माओवादीले रामेछाप जिल्लाको रस्नालु गाविसमा जलाएको डोजर काठमाण्डौ लैजान लाग्दा वाईसीएलका जिल्ला संयोजक नविन जिरेलले ३ लाख रुपियाँ चन्दा मागेपछि विवाद शुरु भएको थियो । डोजर काठमाण्डौ लैजाने जिल्ला प्रशासन कार्यालयको पत्र देखाउँदा समेत डोजर बोकेको गाडीमा अवरोध गरेपछि तरुण नेता सानु शेर्पाले वाईसीएल संयोजकलाई थप्पड लगाएको घटनाको प्रत्यक्षदर्शी देवी भण्डारीले बताए । प्रतिवादमा एनेकपा माओवादीका विदेश विभाग सदश्य विशाख खड्काको नेतृत्वमा आएको समूहले रड र लठ्ठीले सानु शेर्पालाई हिर्काई टाउकोमा चोट पुर्‍याएको नेपाली कांग्रेसका जिल्ला सभापति तारावहादुर कोईरालाले बताए । विशाल खड्का लगायत घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम चरिकोट बजार बन्द गरेको छ । घाइते सानुको चरिकोटस्थित च्छो रोल्पा जनरल अस्पतालमा उपचार गरी घर फर्केका छन् । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis