Incident Reports

चन्दा माग्ने विवादमा वाईसीएल र तरुण दलबीच झडप, बजार बन्द l

2013-06-02

Uddhav Pokharel दोलखा । जेठ १९ गते कवाडी सामान चरिकोटबाट काठमाण्डौ लैजाने क्रममा वाईसीएलका जिल्ला संयोजक नविन जिरेलले चन्दा मागेपछि भएको विवादमा तरुण दल र वाईसीएलबीच कुटाकुट हुँदा तरुण दल दोलखाका नेता सानु शेर्पा घाईते भएका छन् । विगतको माओवादी द्वन्द्वको समयमा तत्कालको नेकपा माओवादीले रामेछाप जिल्लाको रस्नालु गाविसमा जलाएको डोजर काठमाण्डौ लैजान लाग्दा वाईसीएलका जिल्ला संयोजक नविन जिरेलले ३ लाख रुपियाँ चन्दा मागेपछि विवाद शुरु भएको थियो । डोजर काठमाण्डौ लैजाने जिल्ला प्रशासन कार्यालयको पत्र देखाउँदा समेत डोजर बोकेको गाडीमा अवरोध गरेपछि तरुण नेता सानु शेर्पाले वाईसीएल संयोजकलाई थप्पड लगाएको घटनाको प्रत्यक्षदर्शी देवी भण्डारीले बताए । प्रतिवादमा एनेकपा माओवादीका विदेश विभाग सदश्य विशाख खड्काको नेतृत्वमा आएको समूहले रड र लठ्ठीले सानु शेर्पालाई हिर्काई टाउकोमा चोट पुर्‍याएको नेपाली कांग्रेसका जिल्ला सभापति तारावहादुर कोईरालाले बताए । विशाल खड्का लगायत घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम चरिकोट बजार बन्द गरेको छ । घाइते सानुको चरिकोटस्थित च्छो रोल्पा जनरल अस्पतालमा उपचार गरी घर फर्केका छन् । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis