Abadh Kishor Shah Kanu, a candidate for the post of chairperson of Gaur ward-1 from Nepali Congress has beaten Ramashish Shah and also given him death threat. Ramashish shah was beaten for refusing to the help the mayor candidate.
Shah has been injured and is undergoing treatment at Birgunj.
A group of 10-12 people which included congress candidate Kanu, his brother and others came to the house of Shah at mid-night, broke the door and then beat Shah.
नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष पदका एक उम्मेदवारले कुटपिट गर्दै ज्यान मर्ने धम्की दिएपछि एक परिवारको दैनिक जीवन त्रासमय बनेको छ।
चुनावी माहोलमा आफुलाइ सहयोग गर्न नमानेपछि गौर नगरपालिका १ बाट कोंग्रेस उम्मेदवार अवधकिशोर साह कानुले स्थानीय रामाशिष साहलाई निर्घात कुटपिट गर्दै ज्यान मर्ने धम्की दिएपछि ति गरिबको जीवन त्रासमा बित्न थालेको हो।
कुटपिटबाट गम्भीर घाइते भएका शाहको अहिले विरगंजमा उपचार भइरहेको छ।
सोहि वडाका अर्को उम्मेदवार भरत साहलाई स्थानीय निर्वाचनमा सहयोग नगर्न पटक-पटक भन्दा मैले नमानेपछि काँग्रेस उम्मेदवार कानु, उनका भाइ रामनरेश साह कानु, उमेश दश सहित १०/१२ जनाको समुहमा आएका व्यक्तिले घरमा सुतिरहेको बेला मध्यरातमा घरको ढोका फोरी कुटपिट गरेको उपचारार्थ साहले बताए।
आफ्नै वडामा स्वक्ष्य छवि नभएको व्यक्तिलाइ कुनै पनि हालतमा सहयोग नगर्ने अडान लिएपछि कुटपिट गर्दै ज्यान मर्ने धम्की दिएको उनको भनाइ थियो। कुटपिटबाट साहको आँखा, टाउको, नाक, तथा शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ।