A bomb went off near the voting site at Bhrikuti higher secondary school in Mahendranaar bazar of Kanchanpur while voters were still in que waiting to cast their votes. The bomb was placed at a toilet around 50 meters from the voting site. According to eye witnesses, the bomb went off after a youth went in and left the toilet on a motorcycle. It is thought that the bomb was detonated to scare off voters. Meanwhile, security personnel had not reached the site even after 20 minutes past the incident.
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्रमै बम विष्फोट भएको छ। महेन्द्रनगर बजार नजिकै रहेको भृकुटी उमावि मतदान स्थल नजिकै बम विष्फोट भएको हो।
मतदाताहरु मतदान केन्द्रमा लाईनमा रहेर मतदान गरिरहेकै वेला ५० मिटरको फरकमा राखिएको बम विष्फोट भएको हो । महेन्द्रनगरको खुल्लामञ्चको शौचालयको भित्र राखिएको बम विष्फोट भएको हो। विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
बम विष्फोट भएको केहिबेर अघि एकजना युवक उक्त शौचालयबाट बाहिरिए लगत्तै विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनी त्यही नजिकबाट मोटरसाईकल चढेर गएको बताईएको छ ।
मतदातालाई आतंकित पार्नका लागि उक्त बम विष्फोट गराएको हुन सक्ने बुझिएको छ । बम विष्फोट भएको २० मिनेट भइसक्दा समेत त्यहाँ सुरक्षाकर्मीहरुको उपस्थिती भएको थिएन्।
यसअघि सुरक्षा निकायले सबै क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताएपनि महेन्द्रनगर बजारको नजिकै बम विष्फोट हुदा पनि सुरक्षाकर्मीहरु पुग्न सकेका थिएनन्।
विष्फोट भएको ठाउँ जिल्ला प्रहरी कार्यालयदेखी २ सय ५० मिटरको दुरीमा पर्दछ । यसैबीच अन्य मतदान केन्द्रमा भने उल्लासमय वातावरणमा मतदान जारी छ।