Incident Reports

No translation available.

2013-06-03

Manohar Kumar Pokharel सप्तरी । जेठ १८ गते नकटी रायपुर गाविस-३ घर भई बदगामा गाविस-९ स्थित ससुराली घरमा बस्दै आएका ३२ वर्षीय बमभोली सदा जेठ १७ गते बलात्कारको आरोपमा राजविराज कारागारमा थुनामा परेका छन् । जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलाशले एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सदालाई कारागारमा थुन्ने आदेश गरेको हो । आरोपितमाथि वैशाख २१ गते राति ७ः३० बजे बदगामा गाविस-९ स्थित दिनाभद्री भगवती मन्दिरनजिक लक्ष्मी सदाको मुग बारीमा बलात्कार गरेको आरोप छ । कञ्चनपुर बजारबाट औषधी किनेर घर फर्कदै गरेका बेला बाटोमा कोही नभएको मौका पारी सदाले बलात्कार गरेको पीडित महिलाले बताइन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले सदालाई ०७० वैशाख २४ गते गिरफ्तार गरी मुलुकी ऐन जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis